बुधबार, ११ मंसिर, २०८२

दुर्गा प्रसाईंको रिट न्यायाधीश सुवेदी र पौडेलको इजलासमा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ८ मंसिर, २०८२

दुर्गा प्रसाईंको रिट न्यायाधीश सुवेदी र पौडेलको इजलासमा

२०८२ मंसिर ७, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ ।

उनको रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको हो ।

यसअघि पनि यो रिटमा सुनुवाइ हुँदा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश भएको थियो । त्यसपछि प्रहरीले उनलाई अदालतमा हाजिर गराएको थियो । प्रसाईंलाई प्रहरीले मंसिर २ गते राति निवासबाट पक्राउ गरेको थियो । उनका बडीगार्ड दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । यसअघि पनि अदालतमा उपस्थित भएका प्रसाईंले आफूलाई बोलकै आधारमा पक्राउ गरिएको बताएका थिए ।

advertisement_1676998982.gif