मंगलवार, ९ भाद्र, २०८३

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

२०८३ भदौ ०९ काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ ।

बैठक मंगलबार बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हलमा बस्ने छ । बैठकमा संसद् सचिवालयका अनुसार आजको बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।

बैठकमा उठेका विषयवस्तुको जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई डाकिएको छ ।

advertisement_1676553851.gif