बुधबार, १० असार, २०८३

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

विष्णु पौडेललाई  ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

२०८३ असार ०९, काठमाडौं । विशेष अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन न्यायिक हिरासत राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन न्यायिक हिरासत राख्न अनुमति दिएको हो ।

यसअघि सरकारले पौडेललाई आजै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।

हिजो सुर्खेतमा पक्राउ पर्नुभएका पौडेललाई बाँके हुँदै स्थलमार्गबाट आज मध्यान्ह ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको हो । विभागले सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

advertisement_1680627706.gif