शनिबार, ९ श्रावण, २०८३

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले दिए राजीनामा

२०८३ साउन ०८, काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै ७६ वर्षीय शाहावुद्दिनले पद छाडेको जानकारी सार्वजनिक गरेको हो ।

अटोनोमिक न्युरोप्याथी नामक रोगका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएको र यसैका कारण कहिलेकाहीँ चेतनाहीन हुने गरेको उनले बताएका छन् । सन् २०२३ अप्रिलदेखि सेरेमोनियल राष्ट्रपतिको जिम्मेवारी सम्हालेका शाहावुद्दिनको कार्यकालमा सन् २०२४ को विद्यार्थी आन्दोलनपछिको राजनीतिक अस्थिरतासमेत परेको थियो ।

उनको राजीनामासँगै शेख हसिनाको योजनाबद्ध स्वदेश फिर्तीअघि उच्च सरकारी पदमा उनका कुनै पनि सहयोगी नरहने स्थिति बनेको छ । नयाँ राष्ट्रपति चयन नभएसम्मका लागि राष्ट्रपतिको कार्यभार सभामुखले सम्हाल्ने व्यवस्था गरिएको छ ।

advertisement_1676998982.gif