सोमबार, १५ भाद्र, २०८३

भारतद्वारा नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली सहित ६८.५ टन राहत, बेली ब्रिज सहयोग

राष्ट्रिय सन्‍देश संबाददाता, २३ घण्टा पहिले

भारतद्वारा नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा  प्राविधिक टोली सहित ६८.५ टन राहत, बेली ब्रिज सहयोग

२०८३ भदौ १४ काठमाडौँ । नेपालका बाढीपहिरो प्रभावित क्षेत्रहरूमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन भारत सरकारले थप सहयोग उपलब्ध गराएको छ । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार ११ टन राहत सामग्री र अत्याधुनिक प्राविधिक टोलीसहित भारतीय वायुसेनाको चौथो सी-१३० विमान काठमाडौँ आइपुगेको छ ।

यस चौथो खेप सहयोगसँगै भारतले हालसम्म हवाई मार्गबाट कुल ६८.५ टन राहत सामग्री नेपाल हस्तान्तरण गरिसकेको छ । यसअघि औषधि, जेनेरेटर, तयारी खाना र पानी शुद्धीकरण ट्याब्लेटहरू पठाइएको थियो भने पछिल्लो सहयोगमा ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, सरसफाइका सामान तथा फरेन्सिक विशेषज्ञ र सुरुङ (टनेल) प्राविधिक टोली समावेश छन् ।

विपद्का कारण भत्किएका सडक तथा पुलहरू पुनर्निर्माण गरी यातायात सहज बनाउन भारतले भौतिक संरचनागत सहयोग पनि सुरु गरेको छ । विदेशमन्त्री जयशंकरले २३० फिट लामो 'सिंगल लेन मोड्युलर स्टिल ब्रिज' का उपकरण बोकेका १६ वटा ट्रकहरू नेपालतर्फ प्रस्थान गरिसकेको र थप ७ वटा बेली ब्रिजका सामान तथा जडान गर्ने प्राविधिक टोली शीघ्र आइपुग्ने जानकारी दिएका छ न्।

काठमाडौँस्थित भारतीय दूतावासले सहयोग सामग्री नेपाल आइपुगेको पुष्टि गर्दै नेपाली नागरिकको उद्धार र राहतका लागि भारतको निरन्तर साथ रहने प्रतिबद्धता दोहोर्याएको छ ।

advertisement_1680627706.gif