शनिबार, ३० श्रावण, २०८३

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

२०८३ साउन ३०, जकार्ता । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ ।

भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए ।  अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो र यसको केन्द्रबिन्दु एन्डे शहरबाट करिब ६८ किलोमिटर उत्तर–पश्चिममा रहेको थियो।
भूकम्पपछि ५.९, ५.६ र ६.१ म्याग्निच्युडका परकम्प पनि आएका छन् । शक्तिशाली भूकम्पपछि इन्डोनेसियाली अधिकारीहरूले प्रभावित तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गर्दै मानिसहरूलाई समुद्री किनार तथा नदी किनारबाट टाढा, सुरक्षित अग्लो स्थानमा जान आग्रह गरेका छन् ।

सुरुवाती विवरणमा ठूलो मानवीय क्षतिको खबर आएको थिएन, तर पछिल्ला रिपोर्टमा केही भवन तथा सार्वजनिक संरचनामा क्षति पुगेको र एक जना घाइते भएको उल्लेख छ। उद्धार तथा क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

advertisement_1680627680.gif