सोमबार, १८ फाल्गुन, २०८२

इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु

२०८२ फागुन १७, काठमाडौं । इरानले गरेको हमलामा परी युएईमा एक नेपाली नागरिकको निधन भएको छ । इरानले गरेको मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएकोमा एक जना नेपाली नागरिक रहेको युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ।

अन्य ज्यान गुमाउनेमा एक जना बंगलादेशी र अर्का पाकिस्तानी नागरिक रहेका छन् । तर, तीनै जना मृतकको पहिचान भने खुल्न सकेको छै ।

अन्य ५८ जना सामान्य घाइते रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । घाइते हुनेहरूमा भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगाण्डा, इमिरात, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, लेबनान, अफगानिस्तानलगायतका नागरिकहरू छन् ।

युएईमा नेपाली नागरिकको मृत्यु भएको विषयमा आफूहरूले पनि संचारमाध्यमबाट जानकारी पाएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यहाँको रक्षा मन्त्रालयका अनुसार हालसम्म इरानले १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ ड्रोन प्रहार गरेको छ । ती मध्ये १५२ ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट गरेको,  १३ वटा समुद्रमा खसेको र  दुई क्रुज क्षेप्यास्त्र पनि नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

साथै  इरानी ड्रोनहरूमध्ये ५०६ वटा खसालेको र ३५ वटा भने देशमा विभिन्न ठाउँमा खसेर क्षति भएको जनाइएको छ ।

advertisement_1676551694.gif