सोमबार, १८ फाल्गुन, २०८२

सामाजिक सञ्जालमा भ्रम फैलाउने भिडियो र तस्बिर पोस्ट नगर्न यूएई दूतावासको अनुरोध

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

सामाजिक सञ्जालमा भ्रम फैलाउने भिडियो र तस्बिर पोस्ट नगर्न यूएई दूतावासको अनुरोध

२०८२ फागुन १७, काठमाडौं । यूएईको अबुदाबीस्थित नेपाली राजदूतावासले सुरक्षा स्थितिको बारे भ्रम फैलिने किसिमको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गरेको छ ।

पछिल्लो २४ घण्टामा दोस्रो एडभाइजरी जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो । यूएईमा विकशित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जालमा कुनै अज्ञात स्रोतबाट आएका सामग्री पोस्ट नगर्न अनुरोध गरेको हो ।

यस्ता कार्य कानून बमोजिम दण्डनीय हुने भन्दै दूतावासले यो चेतावनी आधिकारिक निकायबाट जारी भएकोसमेत प्रष्ट पारेको छ ।

विकसित परिस्थितिको बारेमा सही जानकारीका लागि यूएईका आधिकारीक निकायले सार्वजनिक गरेका सूचना हेर्नसमेत अनुरोध गरिएको छ ।

advertisement_1676551694.gif