मंगलवार, ३१ असार, २०८२

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २८ असार, २०८२

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

२८ असार २०८२, इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको नगर असपताल आज उद्घाटन गरेका छन् । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शैय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गरेका हुन् ।

आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पताल संघीय सरकारको सहयोगमा रु १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताए । साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह गरे ।

अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स-रे, भिडियो एक्स-रे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको उनले जानकारी दिए।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif