सोमबार, १८ फाल्गुन, २०८२

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १६ फाल्गुन, २०८२

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

२०८२ फागुन १६, जनकपुरधाम । गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरमा प्रशारण गरिरहेको अवस्थामा भारतीय नम्बर प्लेटको गाडीसहित रास्वपाका कार्यकर्ता पक्राउ परेका छन् ।

थप दुईवटा गाडी फरार भएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार बी.आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर लगाएर जनकपुरको रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण गरिरहेको थियो । त्यही अवस्थामा प्रहरीले रास्वपाका कार्यकर्ता विकास जयसवाललाई नियन्त्रणमा लिएको छ ।

धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अन्य दुईवटा गाडी फरार भएको छ । उक्त भारतीय गाडीहरू प्रोजेक्टरसहित डकुमेन्ट्री प्रसारणका लागि ल्याइएको प्रहरी जनाएको छ ।

advertisement_1676551537.gif