राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ साउन १७, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश हटाएको छ । जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि उक्त निर्णय गरिएको प्रशासनले जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु २०८३ साउन १७ गते साँझ ७:०० बजेदेखि हटाइएको हो ।
प्रशासनले सार्वजनिक गरेको सूचनामा जिल्लाको सुरक्षा अवस्था मूल्यांकनपछि कर्फ्युको आवश्यकता नरहेको निष्कर्षका आधारमा आदेश फिर्ता लिइएको उल्लेख गरिएको छ ।
यससँगै गोलबजार क्षेत्रमा कर्फ्यु आदेश समाप्त भएको प्रशासनले जानकारी दिएको छ ।
