सोमबार, ४ श्रावण, २०८३

समाचार प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ श्रावण, २०८३

समाचार प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार

२०८३ साउन ०३, काठमाडौँ । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सकुशल उद्धार गरिएको छ । गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरूलाई बोलाएर टेलिफोनमार्फत कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका हुन् ।

प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेपछि उनको सुरक्षित उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको थियो ।

टावरमा चढेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरेर आफू टावरमाथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे सुरक्षा निकायलाई जानकारी गराइएको थियो।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार प्रेम सम्बन्धका कारण मानसिक तनावमा रहेका हुसेनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गरेका थिए ।

advertisement_1676551646.gif