राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ भदौ २१ काठमाडौं । रसुवाको बाढीमा परेर हाल सम्म एक हजार ३ सय ४१ जनाको शब् फेला परेको छ भने ४ हजार भन्दा धेरै हराई रहेका छन् ।
बाढीमा मृत भएका व्यक्तिहरुको आत्माको चिर शान्ति घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै श्री योग वेदान्त सेवा समिति काठमाडौँले शनिवार काठमाडौँमा हवन, शान्ति पाठ तथा गीता पाठको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा सहभागीहरु सबैले हवन तथा शान्ति पाठमा सहभागी भई शान्तिको कामना गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेका छन् । त्येस्तै समितिका अन्य शाखा हरु भैरहवा,जनकपुर नारायणगढ,सर्लाही, नेपालगंज ,बिराटनगर लगायतका स्थानमा पनि यस्तै शान्ति पाठ तथा हवन को कार्यक्रम गरिने समितिले जनाएको छ ।