मंगलवार, ३१ असार, २०८२

भोटेकोशी बाढीमा सम्पर्कविहीन हुने १८ जनाको पहिचान खुल्यो (सूचीसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ असार, २०८२

भोटेकोशी बाढीमा सम्पर्कविहीन हुने १८ जनाको पहिचान खुल्यो (सूचीसहित)

२४ असार २०८२, काठमाडौं । मंगलबार बिहान सबैरै रसुवाको गोसाईकुण्ड -२ रसुवागढी स्थित नेपाल-चिन अन्तर्राष्ट्रिय सीमानाकामा चीनतर्फ अबिरल बर्षाको कारण लेन्दे नदीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन् । प्रहरीले हराइरहेका १८ जनाकै विवरण सार्वजनिक गरेको छ । बाढीमा बगेर ६ जना चिनियाँ नागरिकसँगै १२ जना नेपाली बेपत्ता भएको  प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् । चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन् ।

त्यस्तै तीन जना गाडी चालक समेत बेपत्ता छन्। बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्। लामा, मोक्तान र तामाङ गाडी चालक हुन्।

यस्तै बाग्लुङका उमेर नखुलेका नरेन्द्र वि.क., सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ बेपत्ता छन् ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif