आईतवार, २४ जेष्ठ, २०८३

सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते

२०८३ जेष्ठ २३, मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडकखण्डमा शनिबार दिउँसो सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । आज करिब १२:३० बजे हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको BAA 9768 नम्बरको बोलेरो गाडी ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरोका चालकसहित सवार तथा सुमोमा सवार गरी कुल १४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सुमो चालक काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ निवासी करिब ४५ वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको कमाण्डमा ट्राफिकसहितको टोली खटिएको छ । दुर्घटनापछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ भने दुवै सवारीसाधन घटनास्थलमै रहेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

advertisement_1676551537.gif