बिहीबार, १४ जेष्ठ, २०८३

दुई सय १६ मेगावाटको माथिल्लो त्रिसूली-१ जलविद्युत्को ‘वेयरगेट’ सञ्चालन

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

दुई सय १६ मेगावाटको माथिल्लो त्रिसूली-१ जलविद्युत्को ‘वेयरगेट’ सञ्चालन

२०८३ जेष्ठ १४, रसुवा । माथिल्लो त्रिशुली-१ (यूटी-१) २१६ मेगावाटको जलविद्युत आयोजनाको पानी वहाव नियन्त्रण गर्ने वेयर गेट (ड्यामको गेट) उद्घाटन भएको छ । नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले बिहीबार रसुवा जिल्लामा आयोजित कार्यक्रममा उपस्थित भई उक्त वेयर गेटको उद्घाटन गरेका हुन् । 

नेपालस्थित गणतन्त्र कोरियाली दूतावासका अनुसार नवीन प्रविधि समावेश भएको वेयर गेटको आधिकारिक रुपमा उद्घाटन सफल रूपमा सम्पन्न हुनाले माथिल्लो त्रिशुली-१ (यूटी-१) जलविद्युत परियोजना निर्माण अन्तिम चरणको एक महत्वपूर्ण हिस्सा भएको जनाएको छ ।

मन्तव्यका क्रममा राजदूत पार्कले गणतन्त्र कोरियाली सरकारले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै नेपालको भरपर्दो विकास साझेदार बनेको धारणा राखे । 

उनले कोरियाका तर्फबाट नेपालमा तीन ओटा जलविद्युत आयोजनाको निर्माण र आवश्यक वित्तीय साझेदारी रहेको उल्लेख गर्दै जलविद्युत प्रवद्र्धन क्षेत्रमा कोरियाको योगदानको बारेमा खुलाए। उनले ऊर्जा क्षेत्रमा नेपाल र कोरियाबीच सहकार्यका प्रचुर सम्भावना रहेको उल्लेख गरे ।

राजदूत पार्कले ड्यामको गेट सफल रुपमा स्थापना गर्न भूमिका खेल्ने परियोजनामा संलग्न सबै सरोकारवालाको सहकार्य र समर्पणलाई प्रतिबिम्बित गरेको उल्लेख गरे । उनले (यूटी-१) परियोजनालाई नेपाल र कोरिया बीचको दीर्घकालीन ऊर्जा क्षेत्रमा भएको लगानीलाई एक ऐतिहासिक उदाहरणको रूपमा वर्णन गरे ।

माथिल्लो त्रिशूली-१ जलविद्युत परियोजना नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड (एनडब्ल्यूईडीसी) द्वारा निर्माणाधीन आयोजना हो । यस आयोजनाको  प्रमुख प्रायोजकहरू कोरिया साउथ इस्ट पावर कम्पनी(केओईएन) र कोरिया ओभरसिज इन्फ्रास्ट्रक्चर एण्ड अर्बन डेभलपमेन्ट कर्पोरेशन (केआईएन्डी) गरी दुई कोरियाली कम्पनीहरू रहेका छन् ।

यस आयोजना नेपालको जलविद्युत क्षेत्रमा सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी भएको र नदीको बहावमा आधारित परियोजना २०२७ को मध्यसम्ममा सम्पन्न हुने तालिका रहेको छ ।

नेपाल जल तथा ऊर्जा विकास कम्पनी (एनडब्ल्यूईडीसी) द्वारा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ जलविद्युत नेपालको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको जलविद्युत परियोजना भएकोले नेपालको लागि प्रत्यक्ष वैदेशिक लगानीको सन्दर्भमा ऐतिहासिक उपलब्धि पनि हो । 

यस नदी बहाव परियोजना २०२७को मध्यसम्ममा सम्पन्न गर्ने तालिका रहेको छ । 

यो परियोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीको मिश्रिात लगानी भएको परियोजना हो । आयोजनामा ऋण प्रदान गर्ने प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) एसियाली विकास बैंक (एडीबी) एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र कोरियाली एक्जिम बैंक (के-ईएक्सआईएम) समावेश रहेका छन् ।

advertisement_1676551694.gif