आईतवार, २५ आश्विन, २०८३

बूढीगण्डकीमा ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित तथा उच्च स्थानमा नजान आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

बूढीगण्डकीमा ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित तथा उच्च स्थानमा नजान आग्रह

२०८३ असोज २५ गोरखा । बुढीगण्डकी नदीमा आइतबार बिहानै ठूलो बाढी आएको छ ।

नदीमा पानीको बहाव अत्यधिक बढेपछिसँगै तटीय क्षेत्रका बासिन्दा घर छाडेर भागेका छन् ।

बुढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङले जानकारी दिएकी छन् ।

चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले नदीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित तथा उच्च स्थानमा नजान आग्रह गरेका छन् । बाढी तल्लो तटीय क्षेत्रतर्फ गइरहेकाले जोखिमयुक्त स्थानमा नबस्न उनले अनुरोध गरेका छन् ।

advertisement_1676553851.gif