बुधबार, २४ भाद्र, २०८३

कास्कीको किम्रुङ खोला पहिरोले थुनियो

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

कास्कीको किम्रुङ खोला पहिरोले थुनियो

२०८३ भदौ २३ पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएपछि तटीय क्षेत्रमा बाढीको जोखिम उच्च बढेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज मंगलबार बेलुकी करिब ८:४० बजेको समयमा किम्रुङ खोलामा ठूलो पहिरो खसेर बहाव रोकिएकाले तल्लो तटीय क्षेत्रका बस्तीहरू जोखिममा परेका हुन् ।

खोला फुटेर आउन सक्ने सम्भावित बाढीको खतरालाई ध्यानमा राख्दै नयाँपुल, बिरेठाँटी तथा त्यस आसपासका स्थानीयबासीलाई तत्काल सुरक्षित स्थानतर्फ जान प्रहरीले विशेष अनुरोध गरेको छ ।

साथै, किम्रुङ खोला पछि गएर मिसिने मोदी खोला आसपासका बासिन्दालाई समेत उच्च सतर्कता अपनाउन र सजग रहन आग्रह गरिएको ।

advertisement_1680627680.gif