शुक्रबार, २३ आश्विन, २०८३

कास्कीमा स्कुल बस दुर्घटना, घाइतेको उद्धार जारी

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

कास्कीमा स्कुल बस दुर्घटना, घाइतेको उद्धार जारी

२०८३ असोज २३ पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ ।

प्रारम्भिक जानकारीअनुसार सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा करिब २१ जना विद्यार्थी सवार रहेको बुझिएको छ ।

घटना लगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरु गरेको छ । उद्धार गरिएका पाँच जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा घाइते हुनेको संख्या, उनीहरूको अवस्थालगायत घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले उद्धार कार्य जारी राखेको छ ।

advertisement_1676553908.gif