मंगलवार, १२ श्रावण, २०८३

म्याग्दीमा पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन जनाको सकुशल उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

म्याग्दीमा पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन जनाको सकुशल उद्धार

२०८३ साउन ११, काठमाडौँ। म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

सोमबार बिहान करिब २ बजे धवलागिरि गाउँपालिका–७ धारा पानी तल्लो हाडेभिर स्थित टकदेवी थापाको घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो । घरमा रहेका तीनै जनाको प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये लक्ष्मण थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । चौपायामा कुनै क्षति नभएको र आसपासका अन्य बस्ती तत्काल जोखिममा रहेका छैनन् ।

यस्तै, म्याग्दी जिल्लाकै बेनी नगरपालिका-३ भकिम्ली चिमखेतस्थित ७० वर्षीय लालबीर छन्त्याल आफ्नै घरमा सुतिरहेका बेला घरमाथिबाट पहिरो खस्दा घरसँगै पुरिएका थिए । खोजी तथा उद्धारका क्रममा उनको शव फेला परेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

advertisement_1680627706.gif