सोमबार, ४ श्रावण, २०८३

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २ श्रावण, २०८३

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

२०८३ साउन ०२, पर्वत । पर्वतको कुश्मा नगरपालिका–९, एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शनिबार दिउँसो करिब २:३० बजे कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ट्याक्टर चालक कुश्मा नगरपालिका–७ का २८ वर्षीय सुजन नेपाली र कुश्मा–९ का १४ वर्षीय शिशिर लामिछानेको उपचारका क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी घाइते भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल पोखरा–१७, बिरौटामा बस्ने २२ वर्षीय उदय सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

advertisement_1680627680.gif