सोमबार, २६ आश्विन, २०८३

तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो

२०८३ असोज २५ तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई हजार २२० मतदाता नामावली हटाएको छ । दोहोरो नामावली भएकाहरूलाई कार्यालयले मतदाता नामावलीबाट हटाउने निर्णय गरेको हो ।

कार्यालयले मतदाता नामावली दोहोरिएकाहरूको नामावली अद्यावधिक गरेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।

जिल्लास्थित भानु, शुक्लागण्डकी, व्यास र भिमाद नगरपालिका तथा ऋषिङ, आँबुखैरेनी, बन्दीपुर, घिरिङ, म्याग्दे र देवघाट गाउँपालिकाका दोहोरो मतदाता नामावली हटाइएको उनले बताए ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएको थियो।

advertisement_1680627706.gif