मंगलवार, १७ असार, २०८२

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १६ असार, २०८१

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

गुल्मी, असार १५ । गुल्मी पहिरोमा पुरिएर ५ जनाको जनाको मृत्यु भएको छ । रातीको समयमा माथिबाट आएको पहिरोले घर पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।                                        

मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुरिएर भेषबहादुर बिक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली बिक, बुहारी २६ वर्षीया की सिता बि.क, नातिनी ८ वर्षीया सपना बि.क र ८ महिनाको बिपना बि.कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।  

जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ६ कँडेलपाटाका भेषबहादुर बिककाे घर पहिरोले पुरिँदा आफूसहित श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनी बिपना बिक र सपना बिक बेपत्ता भएका थिए ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif