बुधबार, ९ बैशाख, २०८३

गर्भपतन मृत्यु प्रकरण: थप दुई जना चिकित्सक पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

गर्भपतन मृत्यु प्रकरण:  थप दुई जना चिकित्सक पक्राउ

२०८३ बैशाख ०९, रूपन्देही । गर्भपतनका क्रममा मृत्यु भएकी पाल्पाकी गीता पाण्डेको घटनामा दुईजना चिकित्सक पक्राउ परेका छन् ।

प्रहरीले खत्री नर्सिङ होमका डा. डीबी खत्री र इन्दुलेखा क्लिनिकका डा. शतिस रुपाखेती पक्राउ परेका हुन् । मृतक गीताका श्रीमान् प्रकाश पाण्डेले सोमबार डा. खत्री र रुपाखेतीसहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

अन्य तीन जना जोनस फार्मेसीका सञ्चालक सन्ध्या बस्नेत, निर्मल घर्ती मगर र इन्दूलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई प्रहरीले सोमबार नै पक्राउ गरेको थियो ।

पाल्पाको रिब्दीकोटकी २९ वर्षीया पाण्डेको आइतबार गर्भपतन गराउने क्रममा इन्दुलेखा फार्मेसीमा मृत्यु भएको थियो । गीताको ३ महिनाको गर्भको बच्चामा समस्या देखिएपछि गर्भपतन गराउन अस्पताल पुगेकी थिइन् ।

 

advertisement_1676551694.gif