सोमबार, ५ आश्विन, २०८३

पाल्पामा फाेर्स जिप दुर्घटना ६ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

पाल्पामा फाेर्स जिप दुर्घटना ६ जना घाइते

२०८३ असोज ०४ पाल्पा । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा फोर्स जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । 

आज दिउँसो करिब ३ः३० बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे१ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय नरबहादुर राना, पूर्वखोला–१ कै ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला–४ घर भई हाल तानसेन–४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु र उनकी ७ वर्षीया छोरी साहिरस सारु घाइते भएका छन् ।

यस्तै, पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चा र उहाँकी ५ वर्षीया नातिनी सायरा खाम्चा घाइते भएका छन् । घाइते मध्ये अनसरा खाम्चाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए ।  

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1680627706.gif