राष्ट्रिय सन्देश संबाददाता, १३ घण्टा पहिले
२०८३ असार ०४, रुपन्देही । जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका-६ शहिदपथ स्थितबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोली तथा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त टोलीले शंकास्पद अवस्थामा रहेका भारतीय नम्बर प्लेटका दुई वटा कार फेला पारी बरामद गरेको हो ।
नियन्त्रणमा लिइएका सवारीसाधनहरूमा यु पी ५३बी डि ००२९ नम्बरको हुन्डाई कम्पनीको कार र यु पी ५३ डि एप ६९८० नम्बरको महिन्द्रा कम्पनीको कार रहेका छन् । उक्त सवारीसाधनहरूको अनुमानित बजार मूल्य रु. २७ लाख रहेको छ ।
बरामद गरिएका दुवै कार आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीमा बुझाइएको छ ।