राष्ट्रिय सन्देश संबाददाता, २२ घण्टा पहिले
२०८३ साउन २०, पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरूङ् मार्ग आगामी कात्तिकभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सुरुङ्भित्र र बाहिरको सबै काम सकेर यही आउने कात्तिकभित्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको आयोजना पक्षले जनाएको छ ।
पाँच वर्षभित्र सुरुङ् मार्गको निर्माण कार्य सक्ने गरी वि.स. २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो । सोही सम्झौता अनुसार हालसम्म सुरुङ् मार्गको ७० प्रतिशत काम सकिएको सिद्धबाबा सुरुङ् मार्ग आयोजनाकी सूचना अधिकारी निशा बेल्बासेले जानकारी दिए । ‘एक हजार १२६ मिटर सुरुङ्भित्र गरिने निर्माण र फिनिरसिङ्को काम सकेर यही आउने कात्तिकभित्रै सवारीसाधन गुडाउने योजनामा छौँ’ – उहाँले भन्नुभयो । भित्र सुरूङकाे काम सकेर मात्र बाहरी काम गर्ने याेजना छ ।
असोजभत्र सवारी सञ्चालनको तयारीमा थियौँ उनले भने, केरुङ्ग नाकामा निर्माण सामग्री रोकिएको र मनसुनका कारण एक महिना ढिला भएको छ ।’ उनका अनुसार हालसम्म सुरुङ् मार्गको भौतिक प्रगति ७० र वित्तीय प्रगति ६४ प्रतिशत रहेको छ ।