सोमबार, १५ असार, २०८३

तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार

२०८३ असार १४, बुुुुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका ४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरेको छ ।

आज बिहान करिब ८:३० बजे बाढी आएको बेला खोलाले बगाएका दाउरा निकाल्न गएका जिल्ला गुल्मी, मालिका गाउँपालिका ३ पैयुखर्क घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका १७ रानीगञ्ज बस्ने ३१ वर्षीय गोरखबहादुर वि.क. बाढीमा फसेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलको संयुक्त टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।

advertisement_1676553908.gif