शनिबार, ९ श्रावण, २०८३

तानसेनमा ग्यास लिक हुँदा ४ जना बालबालिका घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ श्रावण, २०८३

तानसेनमा ग्यास लिक हुँदा ४ जना बालबालिका घाइते

२०८३ साउन ०७, पाल्‍पा । तानसेनकाे मिलेनियम सेकेन्डरी स्कुलमा ग्यास लिक हुँदा ४ जना बालिका घाइते भएका छन् । घाइतेमध्ये १ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

दिउँसो खाजा खाने क्रममा विद्यालयकै क्यान्टिनमा ग्यासकाे पाइप लिक भएर आगाे लागेकाे थियाे । अन्य ३ जनाकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

घाइतेहरू एलकेजीमा पढ्ने ४-५ वर्षका बालिका रहेका छन् । आगलागीबाट सचिता बानु, पर्सुजा दंगाल, अनुष्का कुमाल रहेका छन् ।

घाइते बानुकाे अवस्था मध्यम रहेकाे अस्पतालले जनाएकाे छ । उनकाे मिसन अस्पतालमा उपचार भइरहेकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

advertisement_1676553851.gif