आईतवार, १६ कार्तिक, २०८३

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

राष्ट्रिय सन्‍देश संबाददाता, २३ घण्टा पहिले

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

२०८३ कार्तिक १४ काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ ।

समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ख (हाल गढवा ३) का ५ जना, साविक सोनपुर ५क(हाल लमही नगरपालिका ३) का २ जना र साविक लालमाटिया ३त (हाल राप्ती गाउँपालिका वडा नं १) का १ जना भूमिहिन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो ।

advertisement_1676553908.gif