राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ मंसिर ०१ तुलसीपुर । दाङका किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन् । राप्ती गाउँपालिका–२ कटाहाका किसान दिलबहादुर चौधरीका अनुसार अहिले रोपिएको आलु आगामी पुससम्म फलिसक्छ ।
स्थानीय बजारमा आलुको निकै माग हुने गरेको उनले बताए । “बजारमा आलुको माग निकै छ”, उनले भने “त्यसैले हामी अहिले आलु उत्पादनमा लागेका छौँ ।” आलुखेतीमा समयको व्यवस्थापन र मलजलको प्रयोगले उत्पादनमा ठूलो फरक पार्ने स्थानीय किसान श्यामेस चौधरीले बताए । मौसम अनुकूल रहेमा र आवश्यक स्याहार पुगेमा उलेख्य उत्पादन लिन सकिने उनले बताए ।
“राम्रो स्याहार पाएमा एउटै बोटबाट एक किलोसम्म आम्दानी लिन सकिन्छ, कुनैमा अझ बढी पनि हुन्छ”, उनले भने, “आलु रोपेपछि समयसमयमा मलजल राख्ने, गोडमेल गर्ने र आवश्यक परे किरा तथा रोगबाट बचाउन औषधिमुलो छर्किनुपर्छ ।”
आलु उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित सो क्षेत्रका अधिकांश किसान व्यावसायिक रुपमा लागेका छन् ।