शुक्रबार, १९ असार, २०८३

१५ वर्षमा पनि संचालनमा आएन काेल्ड स्टाेर

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

१५ वर्षमा पनि संचालनमा आएन काेल्ड स्टाेर

२०८३ असार १८, पाल्‍पा । तानसेन-७ बाघखाेरमा १५ वर्षअघिदेखि निर्माण भएकाे काेल्ड स्टाेर अझै संचालनमा आउन सकेकाे छैन । तानसेन नगरपालिका र भारतीय दुताबासकाे ४ कराेड बढी लगानीमा काम सुरू भएकाे थियाे ।

वि.स. २०६९ फागुन २३ गते निर्माणको ठेक्का पाएको हिम्दुङ् एण्ड ठोकर/जय रक्तकाली जेभीले ११ वर्षसम्म काम अलपत्र छाडेको थियो । दुई वर्षदेखि भने चिस्यान केन्द्र निर्माणले गति लिएको थियाे ।

निर्माण कम्पनीले पहिलो पटक २०७१ जेठ मसान्तमा काम सक्ने गरी चार करोड ९९ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौत गरेकाे थियाे । हाल पूर्वाधार निर्माणकाे काम अन्तिम चरणमा पुगेपनि काेल्ड स्टाेर संचालनमा आउन भने सकेकाे छैन ।

advertisement_1676551537.gif