बुधबार, १३ श्रावण, २०८३

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

२०८३ साउन १२, काठमाडौँ।कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यक्षराज जोशीले नेपालको संविधानको धारा १६८ (२) बमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेपछि शाहीले नेकपा र नेकपा एमालेको समर्थनमा बहुमतसहित आफ्नो दाबी पेश गरेका थिए। उक्त दाबीको संवैधानिक परीक्षणपछि प्रदेश प्रमुखले शाहीलाई प्रदेशको नयाँ नेतृत्व सुम्पिएका हुन्।

नवनियुक्त मुख्यमन्त्री शाहीले पदभार ग्रहणसँगै प्रदेशको राजनीतिक स्थायित्व, सुशासन, विकास निर्माण र जनताका आधारभूत आवश्यकतालाई प्रमुख प्राथमिकतामा राखेर सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। श्रोतका अनुसार भोलि नै मंत्रिमंदल्को बिस्तार हुने बताइएको छ ।

advertisement_1676998982.gif