सोमबार, १ मंसिर, २०८३

मुगुको टोप्लामा रारा जाँदै गरेको जिप दुर्घटना, पाँच जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

मुगुको टोप्लामा रारा जाँदै गरेको जिप दुर्घटना, पाँच जना घाइते

२०८३ कार्तिक २९ मुगु । मुगुको टोप्लामा रारा तालतर्फ जाँदै गरेको पर्यटक सवार बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । काठमाडौंबाट रारा घुम्न आएका पर्यटक बोकेको उक्त जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीका अनुसार काठमाडौंबाट रारा जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी कलंकीका दुई र ललितपुरका तीन जना गरी पाँचै जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

जिपमा चालकसहित चार पुरुष र एक महिला सवार थिए । चालक पूर्णकुमार थापा आफैं जिपका धनी रहेको प्रहरीको भनाइ छ। घाइतेमध्ये ललितपुर सुनाकोठीकी कञ्चन थापाको पहिचान खुलेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार कार्य सुरु गरिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676551694.gif