मंगलवार, ३ असार, २०८२ 6:03:40 AM

सुरक्षित सुत्केरी गराएकी प्रहरी जवान चन्द्रिकालाई आइजीपीबाट पुरस्कृत

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ जेष्ठ, २०८२

सुरक्षित सुत्केरी गराएकी प्रहरी जवान चन्द्रिकालाई आइजीपीबाट पुरस्कृत

७ जेठ २०८२, कैलाली । कैलालीको अत्तरियामा सडकमै बच्चा जन्माएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयाेग गर्ने र नवजात शिशुलाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउने प्रहरी जवान चन्द्रिका देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नगद र प्रशंसापत्रसहित सम्मान गरेकाे छ ।

जिल्लाको गोदावरी नगरपालिका १ चैतन्यपुरको सडकमा प्रसव पीडाले छट्पटाइरहेकी ती महिलालाई देखेपछि उनले सुरक्षित प्रसुति गराएकी थिइन् । 

आमा र बच्चाको ज्यान जोगाई प्रहरीको छविलाई उच्च बनाउन प्रशंसनीय भूमिका निर्वाह गरेको भन्दै अस्थायी प्रहरी बिट खैराना, कैलालीमा कार्यरत देउवालाई प्रहरी महानिरीक्षक दीपक थापाले पुरस्कृत गरेका हुन् ।

उनले सुरक्षित सुत्केरी गराउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif