राष्ट्रिय सन्देश संबाददाता, १३ घण्टा पहिले
२०८३ भदौ २६ धनागढ़ी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि कायम बजेट शून्यताको अन्त्य गर्दै नयाँ बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउन सर्वदलीय सहमति जुटेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
बजेट अभावका कारण सरकारका नियमित कामकाज, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका गतिविधि ठप्प हुने जोखिम बढेपछि दलहरू बजेट ल्याउन सहमत भएका हुन् । बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै कानुन बमोजिम प्रक्रिया पूरा गरी बजेट निर्माण थाल्ने निर्णय गरेको छ । यो सहमतिसँगै प्रदेश सरकारलाई बजेट ल्याउन र कानुनी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।
नयाँ बजेट आएसँगै प्रदेशका अवरुद्ध विकास निर्माण तथा नियमित कार्यक्रमहरूले पुनः गति लिने अपेक्षा गरिएको छ ।