मंगलवार, २६ जेष्ठ, २०८३

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन

२०८३ जेष्ठ २५, काठमाडौं ।सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरू बेलबहादुर रानामगर (सामाजिक विकास मन्त्री), विक्रमसिंह धामी (आर्थिक मामिला मन्त्री) र मानबहादुर रावल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री) लाई शपथ गराएका हुन्।

यसैगरी, नवगठित मन्त्रीमण्डलमा थपिएका राज्यमन्त्रीद्वय मधु भारती (सामाजिक विकास राज्यमन्त्री) र जुना दानी (आर्थिक मामिला राज्यमन्त्री) लाई भने मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। मुख्यमन्त्री शाहद्वारा गरिएको सरकार पुनर्गठनसँगै जिम्मेवारी पाएका सम्पूर्ण मन्त्री तथा राज्यमन्त्रीहरूले सोमबारदेखि नै आ-आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्ने जनाइएको छ।

advertisement_1676553851.gif