बिहीबार, २८ श्रावण, २०८३

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

२०८३ साउन २८, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढेको छ ।

मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गर्दै प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न समय सीमा तोकेको छ ।

राजीनामा स्वीकृत भएपछि सत्ता समीकरणमा रहेका दलहरूले बहुमतको आधार प्रस्तुत गर्दै नयाँ सरकार गठनको तयारी तीव्र पारेका छन् भने तोकिएको समयभित्र दाबी पेस भएपश्चात् प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने कार्यक्रम रहेको छ ।

advertisement_1676998982.gif
अन्य समाचार