शनिबार, ६ असार, २०८३

बैतडीमा बस दुर्घटना, ९ जना घाइते उद्धार कार्य जारी

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

बैतडीमा बस दुर्घटना, ९ जना घाइते उद्धार कार्य जारी

२०८३ असार ०५, बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप प्र ०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहिलेक नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर घाइते भएका ९ जनाको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याइएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको छ । 

दुर्घटनापछि घटनास्थलमा नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा अन्य सरोकारवालाहरूको सहयोगमा उद्धार कार्य जारी रहेको छ ।

दुर्घटनामा परेका यात्रुको संख्या तथा सम्भावित मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

advertisement_1676551694.gif