मंगलवार, ५ श्रावण, २०८३

अर्जेन्टिनालाई पराजित गर्दै स्पेन विश्वकपको उपाधि

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ४ श्रावण, २०८३

अर्जेन्टिनालाई पराजित गर्दै स्पेन विश्वकपको उपाधि

२०८३ साउन ०४, काठमाडौँ । स्पेनले साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै २०२६ फिफा विश्वकपको उपाधि जितेको छ । अमेरिकाको न्यूजर्सी स्टेडियममा सम्पन्न सनसनीपूर्ण फाइनल भिडन्तमा जित निकाल्दै स्पेनले इतिहासमा दोस्रो पटक विश्वकपको ट्रफी आफ्नो नाममा गराएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम मिनेटमा अर्जेन्टिनाका मुख्य मिडफिल्डर एन्जो फर्नान्डेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।

यसैको फाइदा उठाउँदै अतिरिक्त समयको १०६औँ मिनेटमा पेड्रो पोरोको क्रसलाई निको विलियम्सले हेडमार्फत पास मिलाएपछि फेररान टोरेसले उत्कृष्ट फिनिसिङ गर्दै स्पेनका लागि निर्णायक गोल गरे ।

यसअघि सन् २०१० मा पहिलो पटक फिफा विश्वकप जितेको स्पेनले १६ वर्षपछि पुनः फुटबलको सर्वोच्च उपाधि उचाल्न सफल भएको छ । युरो २०२४ को उपाधि जितेको स्पेनले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै विश्वकपको उपाधि समेत आफ्नो पोल्टामा पारेको हो ।

अर्कोतर्फ, लियोनेल मेसीको कप्तानीमा रहेको साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जितेर इतिहास रच्ने अवसरबाट चुकेको छ ।

advertisement_1676551694.gif