राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २ मंसिर, २०८२
२०८२ मंसिर १, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)सिजन २ को उद्घाटन खेलमा काठमान्डु गोर्खाज विजयी भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा काठमान्डुले डिफेन्डिङ च्याम्पियन जनकपुरलाई पाँच विकेटले पराजित गरेको हो ।
जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । काठमान्डुका ओपनर बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन बनाए। यस्तै अर्का ओपनर आकाश त्रिपाठीले ३९ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई २० ओभरमा ६ विकेट गुमाएर १३१ रनको लक्ष्य दिएको थियो।
जनकपुरका ओपनर आशिफ शेखले भने अर्धशतक पूरा ग रे। उनले ४१ बलमा ६ चौका र एक छक्कासहित ५४ रन बनाए। यस्तै मयन यादवले ३४ तथा लाहिरु समराकनले २२ रन बनाए। काठमाण्डुका मिलिन्द कुमार तीन विकेट लिए ।