सोमबार, १० कार्तिक, २०८३

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु: उद्घाटन खेलमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु: उद्घाटन खेलमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै

२०८३ कार्तिक ०९ काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

सो उद्घाटन खेल आज बेलुकी ५ बजेबाट सुरु हुने आयोजकले जनाएका छन्।   करिब एक महिनासम्म सञ्चालन हुने यस प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले व्यापक परिवर्तन र परिमार्जन ल्याएको छ।

खेललाई अझ निष्पक्ष र अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रविधिको प्रयोगका साथै टोली व्यवस्थापन र खेल सञ्चालनमा नयाँ मापदण्डहरू लागू गरिएका छन्। यसका साथै विश्वविख्यात विदेशी

स्टार खेलाडीहरूको आगमनले लिगको आकर्षण र प्रतिस्पर्धालाई थप उचाइमा पुर्‍याएको छ। आठ टोली सहभागी रहेको एनपीएलको यस संस्करणलाई भव्य रूपमा सम्पन्न गर्न क्यानले सम्पूर्ण तयारी पूरा गरिसकेको छ।

advertisement_1680627680.gif