मंगलवार, १८ कार्तिक, २०८३

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगरसँग जनकपुर र लुम्बिनीसँग पोखराबिच प्रतिस्‍पर्धा हुॅदै

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगरसँग जनकपुर र लुम्बिनीसँग पोखराबिच प्रतिस्‍पर्धा हुॅदै

२०८३ कार्तिक १७ काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू हुँदैछन् ।

आजको पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किङ्स र जनकपुर बोल्ट्स आमने-सामने हुनेछन् । तीन खेल खेलिसकेको विराटनगरले एक खेलमा मात्रै जित हासिल गरेको छ । अंक तालिकामा आफ्नो स्थिति सुदृढ बनाउन विराटनगर चौथो खेलमा दोस्रो जित दर्ता गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

अर्कोतर्फ, जनकपुर बोल्ट्सले पनि हालसम्म खेलेका तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । जनकपुर आज आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै लगातार तेस्रो जित हात पार्ने रणनीतिमा छ ।

त्यस्तै, आजै साँझ ५:०० बजे सुरु हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको लुम्बिनी लायन्सले दुई खेलबाट एक जित निकालेको छ भने अर्को खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो ।

advertisement_1680627706.gif