सोमबार, १५ भाद्र, २०८३

एसीसी प्रिमियर कप: सन्दीप लामिछानेको ५ विकेटसँगै बहराइन ८७ रनमा अलआउट

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

एसीसी प्रिमियर कप: सन्दीप लामिछानेको ५ विकेटसँगै बहराइन ८७ रनमा अलआउट

२०८३ भदौ १५ काठमाडौँ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभल मैदानमा जारी तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमै सीमित तुल्याएको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेको उत्कृष्ट स्पिन बलिङ सामर्थ्यसामु बहराइनको इनिङ्स ध्वस्त भएपछि नेपालले जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको हो ।

नेपालका कप्तान सन्दीप लामिछानेले आफ्नो १० ओभरको स्पेलमा ४ मेडन राख्दै मात्र १४ रन दिएर ५ विकेट लिए । त्यस्तै, ललित राजवंशीले २ विकेट तथा करण केसीले २ विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भयो । बहराइनका लागि फियाज अहमदले १५ रन र मुहम्मद वसिमले १३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् ।

नेपाली टोली केही बेरमा ८८ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रिँदैछ ।

advertisement_1676553908.gif