मंगलवार, २६ जेष्ठ, २०८३

एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङबिच प्रतिस्पर्धा हुदै

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङबिच प्रतिस्पर्धा हुदै

२०८३ जेष्ठ २५, काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज (सोमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

फाइनल खेल आज नेपाली समय अनुसार अपरान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै, आजै सेमिफाइनलमा पराजित भएका ओमान र मलेसिया तेस्रो स्थानका लागि खेल्दैछ । तेस्रो स्थानको खेल बिहान ७ः१५ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा पुगेको चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एसियन गेम्सका लागि छनोट भइसकेको छ ।

advertisement_1680627680.gif