बिहीबार, ११ असार, २०८३

फिफा विश्वकप २०२६ : फ्रान्सले इराकलाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ९ असार, २०८३

फिफा विश्वकप २०२६ : फ्रान्सले इराकलाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित

२०८३ असार ०९, काठमाडौं । फिफा विश्वकप २०२६ मा फ्रान्सले इराकलाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ । फ्रान्सले सुरुदेखि नै खेलमा आफ्नो पकड कायम राखेको थियो ।

१४ औं मिनेटमा कप्तान केलियन एम्बाप्पेले फ्रान्सलाई अग्रता दिलाए ।

फ्रान्सेली कप्तान एम्बाप्पेले ५४ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । यो विश्वकपमा एमबाप्पेको १६ औं गोल हो ।

त्यसपछि ओसमान डेम्बेलेले टोलीका लागि ६६ मिनेटमा तेस्रो गोल गरे । यो जितसँगै फ्रान्सले समूह चरणको एक खेल बाँकी रहँदै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ ।

यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई पराजित गरेको थियो । यसअघि इराक नर्वेसँग पराजित भएको थियो ।

advertisement_1676551694.gif