बुधबार, २४ भाद्र, २०८३

हङकङसँग पराजित भए पनि नेपालले सेमिफाइनलमा ओमानसंग खेल्ने

राष्ट्रिय सन्‍देश संबाददाता, २० घण्टा पहिले

हङकङसँग पराजित भए पनि नेपालले  सेमिफाइनलमा ओमानसंग खेल्ने

२०८३ भदौ २३ काठमाडौं ।एसीसी  प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले ओमानको सामना गर्ने भएको छ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भए पनि उत्कृष्ट रन रेटका आधारमा समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

समूह चरणका चार खेलमा नेपाल र हङकङको समान ६ अंक भए पनि नेपाल रन रेटमा अगाडि रह्यो। क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको हङकङले बाबर हायतको सानदार शतक मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो।

लक्ष्य पछ्याउने क्रममा यसअघि नै लगातार तीन खेल जितेर सेमिफाइनल यात्रा पक्का गरिसकेको नेपाल पराजयका बाबजुद शीर्ष स्थानमा रहन सफल भयो। प्रतियोगिताका दुवै सेमिफाइनल खेलहरू आगामी बिहीबार हुनेछन्, जहाँ नेपालले ओमानसँग र यूएईले हङकङसँग प्रतिस्पर्धा गर्नेछन्।

advertisement_1680627680.gif