मंगलवार, ३ मंसिर, २०८२

कीर्तिपुरको टियु मैदानमा क्रिकेटप्रेमी दर्शकहरूको घुईचो

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २ मंसिर, २०८२

कीर्तिपुरको टियु मैदानमा क्रिकेटप्रेमी दर्शकहरूको घुईचो

२०८२ मंसिर १, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेल हेर्न नेपालको प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियू ग्राउण्डमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।

सोमबार जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरुको उपस्थिति उल्लेख्य छ । उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

उद्घाटन खेलको मध्य हुँदैगर्दा साँझ परेपनि टियू ग्राउण्ड परिसर फ्लड लाइटका कारण चम्किलो देखिएको छ । सोमबार जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरु झुम्किएका छन् ।

advertisement_1680627706.gif