बुधबार, ३ भाद्र, २०८३

नेपाल ‘ए’ टोली अष्ट्रेलिया प्रस्थान, टप एन्ड टी–२० सिरिज खेल्नेac

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ भाद्र, २०८३

नेपाल ‘ए’ टोली अष्ट्रेलिया प्रस्थान, टप एन्ड टी–२० सिरिज खेल्नेac

टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ । १५ सदस्यीय नेपाली टोली गएराति अष्ट्रेलियातर्फ प्रस्थान गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजका लागि छनोट भएको टोलीलाई आइतबार बिदाइ गरेको थियो । अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन् ।

यही भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले भदौ ६ गते बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदरावाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ विरुद्ध खेल्नेछ ।

क्यानका अनुसार अष्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने कार्यक्रम छ । यस भ्रमणले नेपाली खेलाडीलाई विदेशी टोलीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

advertisement_1676553908.gif