मंगलवार, ३१ असार, २०८२

नेपालले भुटानलाई २९८ रनले पराजित गर्यो

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १७ असार, २०८२

नेपालले भुटानलाई २९८ रनले पराजित गर्यो

१७ असार २०८२, काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको  छ । मलेसियामा जारी प्रतियोगितामा भुटानलाई २९८ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रन बनाउँदा अलआउट भएको थियो । नेपालका लागि कप्तान विपिन शर्माले ४ विकेट बनाए । सचिन भट्टले २ विकेट लिए। सुयोग भट्टराईले १ विकेट बनाए ।

भुटानका लागि शेजाङ दावाले सर्वाधिक १४ रन बनाए । उग्यान केल्जाङ चोपेलले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कको स्कोर छुन सकेनन्।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रन बनाएको थियो । रौनक श्रीवास्तवले १ सय ६८ रनको महत्त्वपूर्ण योगदान दिन सफल भए । जय थापा ६१ रनमा नटआउट रहे। सचिन भट्ट ८ रनमा नटआउट भए ।

यस्तै, जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन अंक थपे । सुगम बुढाथोकीले ३५ रन बनाएका थिए । भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए । 

फाइनल प्रवेशका लागि अब नेपाल र मलेसिया तथा हङकङ र सिंगापुर भिड्नेछन्। दुवै सेमिफाइनल बिहीबार हुनेछन्। तेस्रो स्थानको खेल र फाइनल शनिबार हुनेछन्।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif